पृथ्बीनारायण क्याम्पस पोखराको मानबिकी संकाय अन्तर्गत प्रथम बर्षमा अध्ययनरत बिद्यार्थीहरुको आन्तरिक परिक्षाको थप शुल्क खारेज गर्न माग गरिएको छ ।
नेपाल बिद्यार्थी संघ पृथ्बीनारायण क्याम्पस मानविकी संकायले क्याम्पस प्रशासन समक्ष बिज्ञप्ती बुझाउदै उक्त माग गरेको हो । नेपाल बिद्यार्थी संघ मानबिकी संकाय समिति सभापति प्रल्हाद अधिकारीले बिज्ञप्तिमा जारी गर्दै आन्तरिक परीक्षाको बाहानामा बिद्यार्थीलाई मर्का पर्ने गरि प्रत्येक बिद्यार्थीबाट १ हजार रुपैयाँ थप शुल्क लिने निणर्यलाई तत्काल खारेज गर्न माग गरेका छन् ।
नेविसंघ पृथ्वीनारायण क्याम्पस मानविकी संकाय सचिब संस्कार कोइरालाले ग्रामीण क्षेत्रबाट अध्यायन गर्न आउने निम्नबर्गिय बिद्यार्थी साथिहरुलाई मार पारी विभिन्न बाहानामा रकम उठाउने कार्य न्यायोचित नभएको भन्दै क्याम्पस प्रशासनले उक्त कदम नसच्याएमा थप चरणको बिरोधमा उत्रन बाध्य हुने बताए।
बिज्ञप्ती :
0 Comments