नेविसंघ पृ.ना क्याम्पस बि.पि.ए संयोजकमा रेग्मी चयन

  २०७८ भाद्र ०९ गते बुधबार ।


 नेविसंघ पृथ्वीनारायण क्याम्पस मूल इकाइ समितिले क्याम्पसमा विभिन्न संकायहरूमा संगठन विस्तार थालेकाे छ । यसै शिलशिलामा बी.पी.ए. संकायमा नोदराज रेग्मी (अनिल) काे संयोजकत्वमा कमिटि बिस्तार गरिएकाे छ । क्याम्पस मुल इकाई समितिका सभापति गौरव बरालले रेग्मीलाई बुधबार संयाेजककाे जिम्मेबारी प्रदान गरेका हुन् ।

जिम्मेबारी हस्तान्तरण गर्दै सभापति बरालले  संगठन सामुहिक सहकार्यको साझा एकीकृत कार्ययोजना हो यो स्वर्थ पुर्ती गर्न अस्त्र नभएको बताउदै संगठनलाई थप गतिशिल र बिद्यार्थी संग बिद्यार्थीको नेतृत्वले थप संगठित बनाउनको लागि बिपिए बिभागको जिम्मेवारी दिइएको बताए।

नेविसंघ पृथ्वीनारायण क्याम्पस प्रजातान्त्रिक अध्ययन तथा अनुशासन बिभाग अध्यक्ष सोरुप बन्झाडे (सरकार), सचिब राज आचार्य, बिबिएस संकाय उपसभापति बिबेक तिमिल्सिना, बिद्यार्थी नेता रिशिकेश चालिसे, शुशान्त पराजुली लगाएतको उपस्तिथि बिद्यार्थी नेताहरुको रोबरमा नेविसंघ पृथ्वीनारायण क्याम्पस बिपिए बिभागको जिम्मेवारी अनिल रेग्मी नोदराजलाई हस्तान्तरण गरिएको थियो।

नवनियुक्त संयाेजक रेग्मीले कोरोना कहरको बढ्दो जोखिम र यस्को शिक्षा क्षेत्रमा परेको प्रभाव संगै बिद्यार्थीमा बिपिएमा पर्न गएको अन्योललाई मध्यनजर गर्दै मेरो नेतृत्व शैक्षिक सुदृढीकरणका र सुसंगठित संगठनको निम्ति शैक्षिक संस्था र बिद्यार्थी बिचको दुरि कम गरि तमाम समस्याको समाधान पहल गर्न बताए

0 Comments